केयर रेटिङले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, कहिले र कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं - रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कात्तिक ९ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभा केयर रेटिङ नेपालको कार्यालय पुतलीसडक काठमाडौंमा दिउँसो २.३० बजे सुरु हुनेछ । 

कम्पनीको २१.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव रहेको छ । कम्पनीले नगदमा लाग्ने कर सहित यो नगद लाभांश वितरण गर्न लागेको हो । 
 
सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । 

यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्ती गर्ने प्रस्ताव पनि छ 

४ बर्ष अगाडि

प्रतिक्रिया