काठमाडौं- ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ग्लोबल आईएमई समुन्नत योजना–१ को भदौ मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कोष प्रवर्द्धक ग्लोबल आईएमई बैंक र योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेका यस फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) भदौमा २२.९० रुपैयाँ रहेको छ।
फन्डको कुल नाफा भदौमा १७ करोड ३८ लाख रुपैयाँ रहेको छ। गत साउनमा कुल नाफा ४८ करोड ५७ लाख रुपैयाँ रहेको थियो।
भदौसम्म फन्डले सूचीकृत भएका सेयरमा २ अर्ब ७ करोड रुपैयाँ लगानी गरेको छ। सूचीकृत नभएका सेयरमा ४ करोड ४६ लाख रुपैयाँ लगानी छ। गत साउनमा सूचीकृत भएका सेयरमा २ अर्ब ३३ करोड रुपैयाँ र सूचीकृत नभएका सेयरमा १ करोड ५७ लाख रुपैयाँ लगानी थियो।
फन्डले भदौसम्म कुल २ अर्ब १९ करोड रुपैयाँ लगानी गरेको छ। गत साउनसम्म कुल लगानी २ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।
प्रतिक्रिया