काठमाडौं - बैंक अफ काठमाण्डूले दशैं अफर ल्याएको छ । अफर अन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरूले स्मार्ट कोडको स्मार्टमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका हुन् ।
स्मार्ट कोडले यही १४ असोजबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक ग्राहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ ।
बैंकको कार्डबाहक ग्राहकहरूले यस अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् ।
प्रतिक्रिया