काठमाडौं - कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ४ लाख ३३ हजार ६ सय ४० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयर धनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न आग्रह गरेको छ ।
शेयर खरिद गर्ने इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा बैंकको केन्द्रिय कार्यालय, टंगाल, काठमाडौँमा पुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।
प्रतिक्रिया