रु रु जलविद्युतको २ आर्थिक वर्षको साधारण सभा एकसाथ, लाभांश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं- रु रु जलविद्युत परियोजनाको २ आर्थिक वर्षको वार्षिक साधारण सभा असोज १६ गते शनिबार एकसाथ बस्दैछ । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारण सभा बोलाएको हो । सभा रु रु को रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्नेछ । 

सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित १०.५२६ प्रतिशत नगद लाभांश र २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पेश हुनेछ । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहनेछ । 
 
यता, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ । 
 
साधारण सभा प्रयोजनका लागि असोज ७ गते बुक क्लोज गरिएको छ । असोज ६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया