प्रुडेन्सियल इन्स्योरेन्सको ७० हजार ६ सय ६९ कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले कम्पनीको ७० हजार ६ सय ६९ कित्ता संस्थापक समूहको सेयर असोज १ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको थियो । उक्त सेयरको न्यूनतम मूल्य ५ सय १ रूपैयाँ तोकिएको छ । 

लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्तादेखि अधिकतममा सबै कित्ताको लागि आजसम्म आवेदन दिन सक्नेछन् ।  


त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया