एनआइबीएल एस क्यापिटलको साधारण सभा आज, लाभांश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं, एनआइबीएल एस क्यापिटलको नवौं वार्षिक साधारण सभा आज (असोज १५ गते) बस्दैछ । 

सभा कम्पनीको रजिष्टार्ड कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा एनआइबीएल एसले चुक्ता पुँजीको २६ प्रतिशत नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्नेछ । नगद लाभांश प्रयोजनका लागि यसले ७ करोड २ लाख रुपैयाँ छुट्याएको छ ।
 
सभामा आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया