सानिमा क्यापिटलको साधारण सभा आज हुदैँ, २५ प्रतिशत लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, सानिमा क्यापिटलको छैंठौं वार्षिक साधारण सभा आज (असोज १५ गते) बस्दैछ । 

सभा सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौमा दिउसो १ बजेबाट सुरु हुनेछ । 

सभामा सानिमाले २५प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया