नेपाल फाइनान्सले ६९ हजार ३ सय कित्ता संस्थापक सेयर बिक्री गर्ने, आवेदन कहाँ दिने ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले ६९ हजार ३ सय कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको हो । 

फाइनान्सका केहि संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयरहरू बिक्री गर्न निवेदन पेश गरेको हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । 

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न आग्रह गरेको छ । 

इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन र प्रतिकित्ता मूल्य समेत उल्लेख गरेर फाइनान्सको केन्द्रिय कार्यालय, कमलादी काठमाडौँमा पुग्ने गरि निवेदन दिन आग्रह गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया