काठमाडौं- खातामा रकम नभएको चेकबाट भुक्तानी गरेको अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नंं. ६ बस्ने संगतले सिटिजन्स बैंकको खातामा रकम नभएको चेक काटी बैकिङ कसुर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले माघ २७ गते बैकिङ कसुर तथा सजाय ऐन बमोजिम ५ दिन कैद र १० लाख जरिवारना गर्ने फैसला गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले निजलाई काठमाडौंको सिफलबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया