नेपालीले विदेश घुम्न जादाँ साथमा लैजान पाउने विदेशी मुद्राको सीमा घटाइएको छ ।
अध्यागमन कार्यविधि २०६४ संशोधन गरी यसअघि सबै मूलुकमा जाँदा ५ सय अमेरिकी डलर लैजान पाउने व्यवस्थालाई घटाइएको हो ।
यसअघि विदेश जाँदा सबै मुलुकका लागि अनिवार्य रुपमा न्यूनतम ५ डलर साथमा राख्नु पर्ने व्यवस्था भएकोमा संसोधित कार्यविधिमा युरोप, अमेरिका, जापान र कोरिया घुम्न जाँदा ५ सय अमेरिकी डलर, खाडी मुलुक, मलेसिया, सार्क राष्ट्र र थाइल्याण्ड जाँदा २ सय ५० डलर र माथी उल्लेख गरिएका बाहेकका मुलुकमा जाँदा ५ सय डलर साथमा राख्न पाउने व्यवस्था गरिएको छ ।
गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट गरेको संसोधन कार्यान्वन गर्न अध्यागनम विभागलाई पत्र पठाएको छ । संशोधित प्रावधानमा घुम्न जाने व्यक्तिका लागि विदेशमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको कागजात भएमा डलर साथमा राख्न पाइने व्यवस्थालाई वैकल्पिकमा राखेको छ ।
देशमा विदेशी मुद्रा सञ्चिति बढाउनका लागि भिजिट भिसामा जाने नेपालीले लैजान पाउने रकमको सीमा घटाइएको बताइएको छ । यसअघि उक्त सीमा घटाउन नेपाल राष्ट्र्र बैंकले अध्यागमन विभागसँग आग्रह गरेपछि गृहले कार्यविधि संसोधन गरेको हो ।
अब विदेशी मुद्रा सटही गर्दा वाणिज्यबैंकबाट मात्र सटही गर्नुपर्ने प्रावधान ल्याइएको छ । यसअघि विदेश जानेले वाणिज्य र विकास बैंकबाट विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था थियो ।
प्रतिक्रिया