नबिल ब्यालेन्स फण्ड २ रू. ८५ लाख बढी घाटामा, प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि घट्यो

४ बर्ष अगाडि

काठमाडौं, नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड २ ले भदौ मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

वित्तीय विवरण अनुसार भदौ मसान्तमा  उक्त फण्डले रू. ८५ लाख २८ हजार ७७७ नोक्सानी व्यहोरेको छ । साउन मसान्तसम्ममा फण्डले रू. १४ करोड ८३ लाख ७२ हजार नाफा कमाएको थियो ।   

साउन मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १८.८७ रहेकोमा भदौ मसान्तसम्ममा घटेर रू. १७.४७ मा सीमित भएको हो ।

साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ४७ करोड ९ लाख लगानी रहेकोमा भदौ मसान्तसम्ममा घटेर र १ अर्ब २९ करोड ७८ लाखमा सीमित भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया