प्राइम लाइफसहित ४ जीवन बीमा कम्पनीको बोनस दर सार्वजनिक,कुन कम्पनीको कति ?

४ बर्ष अगाडि

काठमाडौं- चार जीवन बीमा कम्पनीले बोनस दर सार्वजनिक गरेका छन् । यी ४ कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को लागि बीमितले पाउने बोनस दर सार्वजनिक गरेका हुन् । नेपालमा हाल १९ जीवन बीमा कम्पनी रहेका छन् । 

नेपालमा हाल १९ जीवन बीमा कम्पनी रहेका छन् । हालसम्ममा प्राइम लाइफ,ज्योति लाइफ, महालक्ष्मी लाइफ र रिलायन्स लाइफले आर्थिक वर्ष २०७६र७७ को लागि बोनसदर सार्वजनिक गरेका हुन् ।

प्राइम लाइफ

कम्पनीले  आर्थिक २०७६/७७ वर्ष को वित्तीय विवरण बीमा समितिबाट असोज ६ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

यस्तै प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर तोकिएको छ ।

 महालक्ष्मी लाइफ

कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट असोज ७ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउनेछन ।

कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधिको आधारमा न्युन्तम ५० रुपैयाँ र अधिकतम ५१ रुपंयाँ बोनस दिनेछ । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

ज्योति लाइफ

बीमा समितिबाट असोज ७ गते गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले बोनस दर सर्वजनिक गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्य सम्म कायम बीमतलाई प्रति हजार न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस वितरण गर्नेछ ।

सावधिक, सावधिक तथा आजीवन बीमालेख अन्र्तगत ९ वर्ष सम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमालेखमा बीमितले ७५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी बीमालेख अन्र्तगत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउनछन् ।

रिलायन्स लाइफ

रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बीमांकिय मुल्यांकन प्रतिवेदन बीमा समितिबाट असोज ६ गते स्वीकृति भएपछि बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले न्युनतम १९ रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेका हुन् ।

सावधिक, सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ देखि ६० रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४१ रुपैयाँ देखि ४५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी मुद्दती नियमित शुल्क बीमा योजनामा न्युनतम २४ रुपैयाँख देखि ५४ रुपैयाँ र सामुहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बीमितले बोनस पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया