नबिल इक्विटी फन्डको सेयर बजारमा करिब डेढ अर्ब लगानी, प्रतिइकाई खुद मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, नबिल इक्विटी फन्डले भदौ मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार भदौ मसान्तसम्म अइपुग्दा १ अर्ब ४६ करोड २९ लाख ६४ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । यो अघिल्लो महिनाकोभन्दा २९ करोड ९ लाख ८५ हजार रुपैयाँ काम हो । साउन महिनामा यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ७५ करोड ३९ लाख ५० हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा प्रतिइकाई खुद मूल्य (न्याभ) पनि घटेको छ ।

यसअवधिमा न्याभ १ रुपैयाँ ५४ पैसाले घटेर १७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ । अघिल्लो महिना यसको न्याभ १९ रुपैयाँ २८ पैसा थियो । यता, बैंक मौज्दात भने ३ करोड ३४ लाख २५ हजार रुपैयाँले बढेर ३९ करोड ८७ लाख ५५ हजार रुपैयाँ पुगेकोछ । अघिल्लो महिना बैंक मौज्दातमा ३६ करोड ५३ लाख ३० हजार रुपैयाँ थियो ।

यसअवधिमा फन्डले ८२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको सेयरमा लगानी गरेको छ । कोषको १५ हजार ३४१ कित्ता सेयरमा ५ करोड ४३ लाख ८३ हजार ८४५ रुपैयाँ लगानी गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया