काठमाडौं - प्रभु बैंक लिमिटेडले संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले ४ लाख ९७ हजार ८ सय ११ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको हो ।
उक्त शेयर खरिद गर्न योग्य व्यक्ति कम्पनी, संघ, संस्थाहरुले असोज भित्र प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौमा आईपुग्ने उल्लेखित शर्तहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ ।
केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । शेयर खरिदको लागि न्यूनतम मूल्य प्रति शेयर २ सय ५ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकितमा आवेदन गर्नुपर्नेछ ।
संस्थापक समुहका सबैभन्दा बढी दरभाउमा खरिद माग गर्ने आवेदकहरुलाई शेयर विक्रि गरिने र यस बाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी दरभाउमा खरिद माग गर्ने आवेदकलाई शेयर विक्रि गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया