काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाबाट बीमित प्रविण गौलीलाई घातक रोग समेतको बीमामा घातक रोग वापत ६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
प्रविणले वि. सं २०७७ पुस १५ गते ६ लाखको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत गौलीले बीमाशुल्क एक हजार पचास मात्र तिरेर नेपाल लाइफमा बीमा गराएका थिए ।
गौलीलाई १८ ओटा घातक रोग मध्ये एउटा रोग मुटुमा समस्या देखा परेको हुँदा कम्पनीले उपचार खर्च गर्नको लागि उक्त ६ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया