काठमाडौं - सानिमा म्युचुअल फण्डद्वारा सञ्चिालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले आगमी आइतबारबाट आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्ने भएको छ ।
फण्डले नगद लाभांश वितरण गर्नको लागि असोज गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र यो लाभांश प्राप्त गर्नेछन् ।
सानिमा इक्विटी फण्ड
सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाईधनीहरुलाई करसहित ३३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।
त्यस्तै, फण्डको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण गरिनेछ । फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
सानिमा लार्ज क्याप फण्ड
सानिमा लार्ज क्याप फण्डले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाईधनीहरुलाई कर सहित ४० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । त्यस्तै, फण्डको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण गरिनेछ ।
फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया