नेसनल माइक्रोफाइनान्सको ३६ हजार ५०० कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । यसले भदौ ३० गतेबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । 

कम्पनीले यसको भाउ प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

आवेदकले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।   

४ बर्ष अगाडि

प्रतिक्रिया