राष्ट्रिय वाणिज्य बैंकको क्यास ब्याक अफर, कहिले सम्म ?

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेलको माध्यमबाट कारोबार गर्दा क्यास ब्याक अफर ल्याएको छ ।

बैंकले प्रति कारोबार एक हजार रूपैयाँ वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुनेछ ।

देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाणिज्य बैंककै Card Swipe  गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ ।

यस अन्तर्गत ३ देखी ५ पटकको Card Swipe मा ५५ अधिकतम क्यास ब्याक वा ५ सय रूपैयाँ, ६ देखी १० पटकको  Card Swipe  मा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७ सय ५० रूपैयाँ, ११ देखी १५ पटकको Card Swipe मा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा १ हजारमध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुनेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया