काठमाडौं, बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्डबाहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
दशैंलाई लक्षित गरी दराजले असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशत सम्मको छुटको सुबिधा उपयोग गर्न सकिनेछ ।
बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेएमा २० प्रतिशत वा अधिकतम २,००० रूपैयाँसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम २,५०० रूपैयाँसम्म छुटको पाइनेछ ।
प्रतिक्रिया