कुमारी बैंकको लाभांश घोषणा, बोनस शेयर कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं- कुमारी बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।

बैंक आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद लाभांश रहेका छन्।

बैंक सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याउनेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया