मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आगन्तुक रिर्सोटमा विशेष छुट

४ बर्ष अगाडि

काठमाडौं, मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई आगन्तुक रिर्सोट प्रालिसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले धुलिखेलमा रहेको आगन्तुक रिर्सोट मा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया