नेशनल माइक्रोफाइनान्सको ३६ हजार ५०० कित्ता संस्थापक शेयरमा कहिले सम्म दिन सकिन्छ आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा असोज १३ गते सम्म आवेदन दिन सकिने छ । 

कम्पनीले भदौ ३० गतेदेखि ३६ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । 

इच्छुक आवेदकले बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले उल्लेख गरेको छ । 

असोज १३ गते बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र असोज १४ गते बिहान ११ बजे आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडमा बोलपत्र खोल्ने जनाकारी गराएको हो । 

कम्पनीको वक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया