सिटिजन्स बैंकका ग्राहकहरुलाई एभरेष्ट होटेलमा विशेष छुट

४ बर्ष अगाडि

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले काठमाण्डौको बानेश्वरस्थित द एभरेष्ट होटेलमा सेवा सुविधा लिँदा विशेष छुट पाउने भएका छन्।

सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले द एभरेष्ट होटेलको सेवासुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया