ज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कतिदेखि कति सम्म ?

४ बर्ष अगाडि

काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले बीमा समितिबाट असोज ७ गते, बिहीबार स्वीकृत भए अनुसार ३ प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक बीमालेख योजना, सावधिक तथा आजीवन बीमालेख योजना र अग्रिम भुक्तानीमा प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ ।

कायाम गरिएको उक्त नयाँ बोनस दर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दावीहरुमा तथा चालु बीमालेखहरुमा लागु हुने कम्पनीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया