प्रभु बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने, ३५ दिनभित्र निवेदन दिन आग्रह

४ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । 

कम्पनीका संस्थापक शेयरधनीहरुले शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएकाले उक्त शेयर विक्री गर्दा पहिलो प्राथमिकता बैंकका संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित गरेको हो । शेयरको मूल्य तोकिएको छैन । 

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा सम्पर्क राखी शेयर खरीद गर्न कम्पनीले अनुरोध गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया