काठमाडौं- नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पौष १३ गते परिपक्क हुनेछ ।
यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल चैत्र १५ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल भोलि (सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर पर्सी (मंगलबार) बिक्री हुनेछ ।

प्रतिक्रिया