सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउने

४ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकले दशैंंको अवसरमा ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्रदान गर्ने भएको छ । 

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया