महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक, न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म

४ बर्ष अगाडि

काठमाडौं-महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमा समितिबाट असोज ७ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

वित्तिय विवरण अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउनेछन ।

कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधिको आधारमा न्युन्तम ५० रुपैयाँ र अधिकतम ५१ रुपंयाँ बोनस दिनेछ ।

यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया