काठमाडौं - नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फन्डले लाभांश प्रयोजनको लागि सोमबार असोज ११ गते बुक क्लोज गर्दैछन् ।
त्यसैले आजसम्म कायम इकाइधनीले यी दुई फन्डले घोषणा गरेको लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट नबिल इक्विटी फन्डले (करसहित) ४० प्रतिशतका दरले नगद लाभांश (प्रतिफल) वितरण गर्न लागेको छ ।
नबिल ब्यालेन्स्ड फन्ड–२ ले ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्न लागेको छ ।
प्रतिक्रिया