अरुण भ्यालीको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले घोषणा गरेको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज आईतबार अन्तिम दिन रहेको छ  । 

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले चौबिसौँ वार्षिक साधारण सभा असोज २४ गते जुमबाट गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भोलि असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले, आज असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया