सिटिजन्स बैंकको १६ प्रतिशत लाभांश घोषणा

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरणको घोषणा गरेको छ  ।

बैंकको आज असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया