नेपालको पहिलो १ हजार रुपैयाँको नोट, जसमा हात्ती थिएन

४ बर्ष अगाडि

 अहिले कसैले एक हजारको सामान कारोबार गर्न माग्यो भने ‘हात्ती देउ न हात्ती, म दिईहाल्छु नि’ भन्ने चलन छ । यो भनेको एक हजार देउ न भन्नु हो, किनकी एक हजारको नोटमा हात्ती हुन्छ । 

तर नेपालमा चलन चल्तिमा आएको १ हजार रुपैयाँको पहिलो नोटमा हात्ती थिएन । नेपाल राष्ट बैंकले २०२६ साल पौष १३ गते जारी गरेको उक्त नोटमा हात्तीको साटो नेपालको प्रख्यात पर्यटकीय गुरुङ गाउँ ‘घान्द्रुक’को फोटो थियो । 

तर दोश्रो नोटदेखी हात्ती राख्न थालिएको हो । तर अहिले चलन चल्तीमा रहेको नेपालको रु १ हजारको नोटमा राखिएको हात्ती पनि भारतीय हात्ती हो । 

यसपटक नेपाल राष्ट्र बैंकले यो गल्तीलाई सुधार्दै अब बजारमा आउन लागेको नयाँ नोटमा नेपालकै हात्ती राख्ने तयारी गरेको छ ।

नेपालमै जन्मिएका अति नै दुर्लभ जुम्ल्याहा हात्ती राम लक्ष्मणको जोडी हात्ती छाप्ने निर्णय नेपाल राष्ट्रबैंकले गरिसकेको छ । आगामी वर्ष रु १ हजारको नोटमा नेपालकै जुम्ल्याहा हात्तीको तस्विर हुने संभावना छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया