काठमाडौं- माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुका लागि बम्पर अफर ल्याएको छ ।
बैंकले २१ औँ वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि २१ प्रतिशतसम्म क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ।
आज असोज ८ गतेदेखि असोज १७ गते सम्मका लागि लागू रहने बैंकले यो अफर ल्याएको जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ईकमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक रु. २१० सम्म र अफर अवधिभर अधिकतम रु. २ हजार १०० सम्मको क्यास ब्याक पाउन सक्नेछन्।
बैंकका अनुसार क्यास ब्याकका अतिरिक्त ग्राहकले दैनिक आकर्षक उपहार पनि जित्न सक्नेछन्। आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सीजीको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामेरा, विभिन्न होटेल तथा रेस्टुरेन्टहरुबाट प्रिगिफ्ट कुपन, ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरका तर्फबाट हेल्मेट र ज्याकेटलगायत थ्रुपै उपहार रहेका छन्।
यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीका तर्फबाट हरेक दिन रु। ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ। वर्ल्डलिंक, कल्पमार्ट, ग्यापु र व्भभखभ कबतजष् का तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ। प्चबतयक त्भअजलययिनथ का तर्फबाट विभिन्न ग्याजेटहरु र म्बचबश बाट खरिद गर्दा रु ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिने बैंकले जनाएको छ।
डेबिट र क्रेडिट कार्डबाहेक बैंकको मोबाइल बैंकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकमध्येबाट एकजनाले मेगा बम्पर उपहारस्वरुप फोनपेका तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया