कामना सेवाको “के.एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा

४ बर्ष अगाडि

काठमाडौं, कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै  छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ ।  

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु Upload गरी “KS Digi” Wallet खोल्न सक्नेछन् । 

हिजो एक कार्यक्रमका बिच बैंकका प्रमुख  कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको शुुभारम्भ गरेको छ । यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने  ब्चतषष्अष्ब Artificial Intelligence (AI)  को प्रयोग भएको छ ।  साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६  ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया