काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालकमा विजय कुमार श्रेष्ठ मनोनयन भएका छन् ।
बैंकको सञ्चालक समितिमा संस्थापक कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालक जितेन्द्र धितालको स्थानमा विजय कुमार श्रेष्ठ मनोनयन गरिएको हो ।
कोषको भदौ ३१ गतेको निर्णय अनुसार श्रेष्ठलाई मनोनयन गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया