ज्योति लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश, अहिले सम्म ६ अर्ब ९० करोड बीमा शुल्क आर्जन

४ बर्ष अगाडि

काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको इन्स्योरेन्स आजबाट चौथो वर्ष सफलताका साथ पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको हो । 

चार वर्षको अवधिमा कम्पनीले ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा सञ्जालबाट सेवा प्रवाह गरेको छ । सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी बन्न सफल भएको छ । विभिन्न १० किसिमका आकर्षक जीवन बीमा योजना जारी गरेको छ ।

साथै कम्पनीले कुल रु. ७ अर्ब लगानी गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा रु. ३.१० अर्ब कुल बीमा शुल्क सहित हाल सम्म रु. ६.९० अर्ब कुल बीमा शुल्क आर्जन गरेको छ ।  कम्पनीको १० हजार भन्दा बढी सक्रिय अभिकर्ता रहेका छन्  । 

यस्तै ९० हजार भन्दा बढी बिमित रहेको उक्त कम्पनीले । सर्वसाधारणलाई रु. ६६ करोडको शेयर जारी गरी कुल चुक्ता पुँजी २२० करोड कायम गरेको छ भने रु. ४ अर्बको जीवन बीमा कोष कायम गरेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया