२० औ वार्षिकोत्सवको अवसरमा कुमारी बैंकद्धारा महिलाहरूलाई आत्मरक्षा प्रशिक्षण

४ बर्ष अगाडि

काठमाडौं - 'आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण' को उद्देश्य सहित कुमारी बैंक लिमिटेडले आफ्नो २० औ वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्यूनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरूमा महिलाहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । 

महिलाहरूलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराइ आत्म मनोबल उच्च बनाउने उद्देश्य सहित उक्त प्रशिक्षण शुरु गरिएको थियो ।

महिला मैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखी कुमारी बैंक लिमिटेडले कारोबार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरूमा थप जागरुकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोबलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मरक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुनेमा बैंक विश्वस्त छ । सुदूर पश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन सम्पन्न भइसकेको छ भने त्रमशः अन्य प्रदेशहरूमा पनि सञ्चालन गर्ने तयारी भइसकेको छ ।   

आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरी कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया