काठमाडौं - प्रुडेन्सियल क्यापिटल लिमिटेडको स्वामित्वमा रहेको नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य ४ सय रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
यस्तै प्राइम कमर्सियल बैंक लिमिटेडको एक लाख कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य २ सय ८ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया