काठमाडौं, घोडीघोडा लघुवित्तले असोज १६ गते विशेष साधारण सभा बोलाएको छ ।
सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश गर्नेछ । सभामा घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा मर्जर हुने प्रस्ताव पेश हुनेछ । यता, घोडीघोडा र युनिक नेपाल एक आपसमा मर्ज हुने भएपछि २०७७ कात्तिक २३ गते देखि घोडीघोडाको सेयर कारोबार रोक्का छ ।
घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेको छैन । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ ।
प्रतिक्रिया