प्रभु बैंक र नेशनल लाइफ इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक समूहको सेयर भदौ ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य २ सय ५ रूपैयाँ तोकिएको छ । 

लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड 
क्यापिटलले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य ४ सय २१ रूपैयाँ तोकिएको छ । 

प्रतिक्रिया