श्री इन्भेष्टमेण्टद्वारा शेयरधनीलाई  ३० दिनभित्र पुरानो नगद लाभांश लिन अनुरोध

४ बर्ष अगाडि

काठमाडौं - श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी र यस कम्पनीसँग मर्जर भइ आएको (साविकको एभरेष्ट फाइनान्स) ले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । 

कम्पनीले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष भन्दा बढी अवधिका लाभांश शेयरधनीले बुझिलिन नआएकाले आफ्नो परिचयपत्र सहित लाभांश लिन अनुरोध गरेको हो । 

कम्पनीले उक्त रकम यो सूचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा सम्पर्क गरी बुझिलिन सक्ने जानकारी दिएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया