काठमाडौं - सानिमा माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १०औं वार्षिक साधारण सभा कात्तिक ११ गते कम्पनीले सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बाट सुरु हुने भएको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा कम्पनीका शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने साथै प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने पनि रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि असोज १८ गते ९एक दिन० बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असाज १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया