काठमाडौं - एनएमबि क्यापिटल लिमिटेडको 'एनएमबि सरल बचत फन्ड–ई' बाँडफाँड गरिएको छ । कम्पनीले भदौ १७ गतेबाट भदौ २१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको 'एनएमबि सरल बचत फन्ड–ई' बाँडफाँड गरिएको हो ।
फण्डमा आवेदन दिने ९२ हजार ५ सय ९४ जना योग्य आवेदक रहेका थिए । जसमध्ये १०० कित्तादेखि ९ हजार कित्तासम्मका लागि आवेदन दिने ९१ हजार ७ सय १७ जनालाई माग अनुसार, ९ हजार ५ सय कित्तादेखि ३० लाख कित्तासम्म आवेदन दिने ८७७ जनालाई ९ हजार ४ सय ९० कित्ता र बाँकी ७ हजार ९० कित्ता भने ७ सय ९ जना आवेदकहरूलाई गोलाप्रथाबाट समान १० कित्ता बाँडिएको क्यापिटलले जनाएको छ ।
एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको थियो ।
प्रतिक्रिया