काठमाडौं - कुमारी बैंकले प्राप्ति गरेको (साविकको वेष्टर्न डेभपमेण्ट बैंक, नमस्ते वित्तीय संस्था र पश्चिमाञ्चल फाइनान्स) ले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।
कम्पनीले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष अवधि समाप्त भएपछि पनि शेयरधनीले बुझिलिन नआएकाले कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा पठाउन लागिएकाले यो सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र उक्त लाभांश लिन अनुरोध गरेको छ ।
सथै, केही शेयरधनीले बैंकको साधारण सभाबाट पारित भएको लाभांशको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि नगद लाभांश पूर्जाको रकम सटही नगरेको भन्दै सो लाभांश रकम लिन पनि भनेको हो ।
प्रतिक्रिया