काठमाण्डौ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहक र कर्मचारीले तनहुँको बन्दीपुरस्थित बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट पाउने भएका छन्।
सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीचको सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिटरक्रेडिट कार्डवाहक ग्राहक तथा कर्मचारीले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ। मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
प्रतिक्रिया