एशियन लाइफको नयाँ जीवन बीमा योजना : 'सुनिश्चित आय जीवन बीमा'

४ बर्ष अगाडि

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्सले ग्राहकको रुचीलाई मध्यनजर गर्दै नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” सार्वजनिक गरेको छ ।

कम्पनीले मंगलबार एक कार्यक्रमका बीच कम्पनीको प्रधान कार्यालयमा उक्त योजनालाई सार्वजनिक गरेको हो । परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले उक्त बीमा योजना संचालनमा ल्याएकोे जनाएको छ ।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्गर अशक्त सुविधा र बीमाशुल्क छुट सुबिधा थप गर्न सकिने व्यवस्था रहेको छ ।

१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भएता पनि बीमितले शुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क २५ हजार रुपैयाँदेखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानी गरी बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया