एनएमबि फिफ्टीले ३० प्रतिशत लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि फिफ्टीले नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ ।

एनएमबि फिफ्टीले भोलिदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत प्रतिफल जम्मा गर्ने भएको छ । 

एनएमबि फिफ्टीले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाका इकाईधनीहरुलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

लाभांश वितरण प्रयोजनार्थ फण्डले भदौ १८ गते बुकक्लोज गरेको थियो । त्यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा सो लाभांश जम्मा गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया