एनएमबि हाइब्रिड फण्ड एल-१ ले २० प्रतिशत लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि हाइब्रिड फण्ड एल-१ ले  नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ ।

एमएमबि हाइब्रिड फण्ड एल-१ ले आजदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत प्रतिफल जम्मा गर्ने भएको छ । 

हाइब्रिड फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाका इकाईधनीहरुलाई करसहित २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

लाभांश वितरण प्रयोजनार्थ फण्डले भदौ १८ गते बुकक्लोज गरेको थियो । त्यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा सो लाभांश जम्मा गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया