तरलता अभाव चर्केपछि बैंकहरुले १६ अर्ब ६६ करोड रुपैयाँ उठाए

४ बर्ष अगाडि

तरलता अभाव चर्किएपछि बैंकहरुले मंगलबार राष्ट्रबैंकबाट १५ अर्ब ४९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।

सोमबार एकै पटक ११ अर्ब ४४ करोड रुपैयाँ स्थायी सुविधा चलाएका थिए। मंगलबार १० पटक प्रयोग गरेका छन्। चालु बर्ष लागेपछि १८९ पटक गरेर ३ खर्ब ८२ अर्ब २२ करोड सापटी चलाइसकेका छन्।

यसबाहेक ओभरनाइट रिपो एक अर्ब १७ करोड चलाएका छन्। कुल २३ अर्ब ४८ करोड ९९३ लाख रुपैयाँ चलाइसकेका छन्। मंगलबार चार पटक चलाएका छन्। सोमबार एक अर्ब १७ करोड रुपैयाँ उठाएका थिए। 

मंगलबार अन्तर बैंक सापटी ४।९६ प्रतिशतसम्म पुगेको छ। सरकारले बिगत ५ दिनदेखि खर्च गर्न पाएको छैनन। यसले अभाव झन् चर्किएको छ। यही बेला बैंकहरुले ऋण बिस्तार गरेका छन्। यसले अभावलाई थप बढाएको छ।

दिनदिनै सापटी बढाउँदै लगेका छन्। सरकारले खर्च गर्न छाडेपछि बैंकिङ तरलता चर्किरहेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया